Pages

Tuesday, October 15

आफुले चाहेको गीतको Vocal हटाएर musical Track मात्र बनाउनका साथसाथै अरु पनि धेरै म्युजिकल effect दिन मिल्ने यो software फ्रीमा उपलब्छ छ

 full Stereo Sound मा भएको गीतको यो software को मद्घतले Vocal लाई Reduce गरेर म्युजिक ट्र्याक मात्र बज्ने बनाउन सकिन्छ । हुन त एक पटक म्युजिक र भोकल मिक्स भई सकेको ट्र्याकबाट भोकल मात्र १००% हटाउन त सकिदैन तर यस्ता केही software हरुको मद्घतले १००% नभए पनि ८०-९०% सम्म हटाउन भने सकिन्छ । software हरुको बजारमा यस्ता धेरै software उपलब्ध भए पनि फ्रीमा उपलब्ध AudioCity नामक software को मद्घत बाट कसरी Stereo sound मा भएको गीत बाट vocal लाई हटाउने त भन्ने बारे चर्चा गरौ ।

१) सर्वप्रथम यो software आफ्नो कम्प्युटरमा download गरेर install गरौं ।

Software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

२) अब Ctrl+I अथवा माथिको मेनु बारमा भएको Project मा क्लिक गरेर Import Audio गरौ र भोकल हटाउनु पर्ने गीतको location दिएर open मा क्लिक गरौ ।
३) तल देखिएको म्युजिक ट्र्याकको बाँया तिरको drop down list मा क्लिक गरेर "Split Stereo Track" मा क्लिक गरौ ।

४) त्यहा अब दुईवटा छुट्टा छुट्टै ट्र्याकहरु देखिन्छन त्यसमध्य तलको ट्र्याकलाई सेलेक्ट गरौ त्यसको लागि ट्र्याकको drop down list को तल क्लिक गरौ ।

५) तलको ट्र्याक सेलेक्ट भई सके पछि माथिको मेनु बारमा भएको Effect मा क्लिक गरेर देखिएको list मा Invert लाई छान्नुहोस् (क्लिक गर्नुहोस्) ।

६) अब तल देखिएको दुबै ट्र्याकको drop down list मा क्लिक गरेर mono गरिदिनुहोस् ।

७) play बटन क्लिक गरेर अब गीत सुन्नुहोस् त तपाईंको गीतको भोकल ८०% देखी ९०% हटिसकेको हुनेछ ।


८) अब उक्त ट्र्याकलाई save गर्न file मेनुमा गएर Export As MP3 गर्नुहोस् र location दिएर save गर्नुहोस् ।